+
+
Shares

६ प्रदेशमा शिक्षकको तुलनामा विद्यार्थी संख्या न्यून, कुन प्रदेशमा कति ?

तर, मधेश प्रदेशमा विद्यार्थी संख्याको अनुपात तोकिएभन्दा बढी देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ६ वटा प्रदेशको सामुदायिक विद्याललयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून रहेको पाइएको छ।
  • विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा शिक्षकको तुलनामा विद्यार्थी संख्या कम छ।
  • तर, मधेश प्रदेशमा विद्यार्थीको संख्या अपेक्षा भन्दा बढी रहेको छ।

२ जेठ, काठमाडौं । ६ वटा प्रदेशको सामुदायिक विद्याललयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून रहेको पाइएको छ । महालेखाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका विद्यालयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून देखिएको छ । तर, मधेश प्रदेशमा विद्यार्थी संख्याको अनुपात तोकिएभन्दा बढी देखिएको छ ।

शिक्षक विद्यार्थी अनुपात शिक्षा नियमावली, २०५९ को नियम ७७ मा सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात हिमालमा ४०, पहाडमा ४५ र उपत्यका तथा तराईमा ५० हुनुपर्ने उल्लेख छ । तर, शिक्षक विद्यार्थीको अनुपात मिलेको छैन ।

सात वटै प्रदेशको औसत शिक्षक/विद्यार्थी अनुपात हिमाली क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा १२.५६ जना, (कक्षा ६–८) मा २०.४२ जना, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा १९.६१ जना रहेको छ ।

पहाडी क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा १०.५७ जना, (कक्षा ६–८) मा १७.२२ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०) मा २१.८३ जना रहेको छ । उपत्यका तथा तराई क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा २२.७२ जना, (कक्षा ६–८) मा ३८.६९ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०) मा ३५.६४ जना देखिएको छ ।

‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भौगोलिक अवस्था, जनसङ्ख्या तथा विद्यार्थी सङ्ख्याको आधारमा सबै स्थानीय तहमा शिक्षक दरबन्दीको मिलान गर्नुपर्नेमा ६९ स्थानीय तहमा दरबन्दी मिलान भएको छ । नियमावलीको व्यवस्थाब मोजिम शिक्षक/विद्यार्थी अनुपात कायम हुने गरी शिक्षक व्यवस्थापन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?