+
+
Shares

कुलमानको काम गर्ने शैलीले कान्छाराम छक्क !

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले कुलमान घिसिङको कार्यक्षमता देखेर प्रभावित भएका छन्।
  • उनले ऊर्जा मन्त्रालयको बैठकमा ट्रान्समिटर पड्किएपछि घिसिङको सक्रियता र तत्परता देखेर आश्चर्य व्यक्त गरे।
  • तामाङले भने, काम गर्न चाहने र तत्परता देखाउने व्यक्तिहरूले नै सफल हुन्छन् भन्ने बताएका छन्।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको काम गर्ने क्षमता देखेर आफू छक्क परेको प्रतिक्रिया दिएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले गत पुसमा ऊर्जा मन्त्रालयमा बैठक चलिरहँदा एउटा ट्रान्समिटर पड्किएको खबर आएको र त्यतिबेलै घिसिङले देखाएको सक्रियताले आफू छक्क परेको बताए ।

तामाङ गत वैशाख १० गतेमात्रै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्रीबाट बर्खास्तीमा परेका थिए । उक्त ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसकै खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

त्यसअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बर्खास्तीमा परेका थिए । घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै आएका तामाङ पछि आफैं बर्खास्तीमा परेका थिए ।

घिसिङबारे तामाङले राखेको भनाइ जस्ताको तस्तैः
बिहान ६ बजेबाट हरेक ठाउँमा फोन गर्नुहुन्थ्यो रे, काम गनुहुन्थ्यो रे । म एकदिन कुलमानजीसँग छक्क परेँ । पुसको समयमा होला । जाडो महिना थियो । ऊर्जा मन्त्रालयमा मिटिङ थियो । एउटा ट्रान्समिटर पड्कियो । उहाँले हत्त न पत्त फोन गर्नुभयो । अर्कोमा चेन्ज गरिहाला भन्नुभयो । १५ मिनेटमा त्यहाँ काम भयो । यस्तो चिजलाई दिमाग धेरै लगाउन सकियो भने काम हुन्छ । एकोहोरो गरेर, एमडी भएको छ, मन्त्री भएको छ भन्ने कुराले हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?