
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
- छत्यालले यसअघि वैशाख २२ मा ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको आरोहण पनि सफल गरेका थिए।
- छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बंगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।
५ जेठ, काठमाडौं । सगरमाथा संवादकोसन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।
जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सहप्रवक्ता तथा डीएपी शैलैन्द्र थापाले बताए ।
उनीसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन् ।
जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा सम्वाद कार्यक्रम मार्फत सगरमाथा सम्वादको सन्देशलाई विश्वमाझ प्रबद्र्धन गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उनले सगरमाथा आरोहण गरेका हुन् ।
सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।
सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भु-भाग विपद् उपशाखामा कार्यरत छन् ।
प्रतिक्रिया 4