
News Summary
Generated by OK AI. Editorially reviewed.- स्याउको मूल्यमा गिरावट आएको छ, अहिले फुजी स्याउको थोक मूल्य अधिकतम ३२० रुपैयाँ छ।
- अहिले झोले स्याउको मूल्य २४० रुपैयाँ प्रतिकिलो रहेको छ, जुन पछिल्लो समयको तुलनामा कम हो।
- मूल्य घट्ने क्रममा २२ वैशाखमा अधिकतम ३४० रुपैयाँसम्म पुगेको थियो।
४ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यमा गिरावट देखाएको हो ।
आइतबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३ सय २० रुपैयाँ छ । औसतमा भने २ सय ८० रुपैयाँ कायम छ । शनिबार फुजी स्याउ प्रतिकिलो औसतमा २ सय ८६ रुपैयाँमा किनबेच भएको थियो । यस्तै झोले स्याउ प्रतिकिलो २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
३१ वैशाखमा स्याउ प्रतिकिलो २ सय ६० रुपैयाँदेखि ३ सय रुपैयाँमा किनबेच भइरहेको थियो । २२ वैशाखमा अधिकतम ३ सय ४० रुपैयाँ र औसतमा ३ सय २० रुपैयाँमा किलोमा स्याउ किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4