+
+
Shares

यो सरकार चल्न सकेन, राष्ट्रिय सहमतिको सरकार बनाऔं : कांग्रेस सांसद

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:२३
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसदले वर्तमान सरकारलाई असफल भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औंल्याएका छन्।
  • सांसद सञ्जयकुमार गौतमले शीर्ष नेताहरूलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गरेका छन् र यसले संविधान संशोधन र जनतामा भरोसा ल्याउन मद्दत गर्ने बताएका छन्।
  • उहाँले वर्तमान सरकार, संसद् र न्यायपालिकामा जनतामा भरोसा नदेखिएको र देशको संकटमा पर्ने खतरा रहेको बताएका छन्।

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसदले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता देखिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

सांसद गौतमले शीर्ष नेताहरूलाई राष्ट्रिय सहमतिको पहल गर्न आग्रह गरे । राष्ट्रिय सहमति कायम गरेर केही निश्चित दूरी सँगै नहिँडे प्राप्त उपलब्धिहरू संकटमा पर्न सक्ने उनको भनाइ छ ।

‘म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता म देख्छु,’ उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

उनले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको सरकार छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकारजसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’

उनले राज्यका तीनवटै अंग सरकार, संसद्, न्यायालयप्रति जनतामा भरोसा पैदा हुन नसकेको बताए । ‘सरकार सरकारजसरी चलेको छैन । संसद् जसरी चल्नु पर्ने हो, त्यसरी चलेको छैन । संसद्मा जुन ‘भाइब्रेशन’ हुनुपर्ने त्यो छैन । जनताका समस्या जसरी उठ्नुपर्ने हो, त्यो भइरहेको पाउँदिनँ ।
न्यायपालिका प्रति पनि जनताका आशा भरोसा पैदा हुन सकेको छैन । नयाँ सोच र सम्भावना देखाउन सकेको छैन,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?