+
+
Shares

माओवादी सांसदको प्रश्न- झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले बत्ती जाने क्रमलाई सरकारको आयुको संकेत हुन सक्ने आशंका व्यक्त गरिन्।
  • सांसद राईले भोजपुर र खोटाङ जिल्लाका सडकको अवस्थालाई ध्यानाकर्षण गराइन्।

४ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो ? भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको हो ? भन्दै प्रश्न पनि गरिन् । ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’ उनले भनिन् ।

पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको विरोध भइरहेको छ ।

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?