
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर-६ सिमाघाटमा मोटरसाइकल दुर्घटनामा दाङको गडवा गाउँपालिका-३ का निशान चौधरीको मृत्यु भयो।
५ जेठ, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ सिमाघाटमा बाट तम्घास आउँदै गरेको लु९७प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा दाङको गडवा गाउँपालिका-३ बस्ने २७ वर्षका निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।
इन्द्र एम के जेबिमा सब इन्जिनियरको रुपमा कार्यरत चौधरीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल बाटो छेउको नालिमा पल्टिएर उनको घटना स्थलमै मृत्यु भएको डिएसपी सारुले बताए ।
घटनाबारे अनुसन्धानको लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4