+
+
Shares

ट्रेड टावरको आईपीओ १४ जेठदेखि खुल्ने, संकलित रकमबाट ऋण तिर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रेड टावरले आईपीओ जेठ १४ देखि सर्वसाधारणका लागि खुल्ने घोषणा गरेको छ।
  • कम्पनीले ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो।
  • सर्वसाधारणले १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

५ जेठ, काठमाडौं । सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ १४ जेठदेखि खुल्ने भएको छ । यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणले जेठ १९ गतेसम्म अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकको शाखामार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओ बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ । इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनी मध्यमस्तरको जनाउँछ ।

के हो कम्पनीको बिजनेस ?

कम्पनीले हाउजिङ तथा होटलसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।

काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३० वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १५ वर्ष बितिसकेको छ ।

त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो । मुख्यतः थापाथलीको व्यारिक कम्प्लेक्स र गौशालाको होटल अहिले कम्पनीले सञ्चालन गर्दै आएको छ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ छ । ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।

आईपीओबाट संकलन भएको रकम बैंकको ऋण र ब्याज भुक्तानीमा ३० करोड रुपैयाँ प्रयोग हुने कम्पनीले स्पष्ट पारेको छ । बाँकी ९ करोड रुपैयाँ होटल क्रिस्टलको क्षमता वृद्धिमा खर्चिने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?