+
+
Shares
नाटक :

मण्डलामा ‘ऋतु राग’को मञ्चन सुरु (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदीप खतिवडाले लेख र निर्देशन गरेको नाटक ‘ऋतु राग’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
  • नाटकले नेपालका ६ ऋतुका दृश्य, ध्वनि र भावनाहरूलाई दर्शाउँछ र बालबालिका तथा पारिवारिक दर्शकलाई लक्षित छ।
  • निर्माताले भने, ‘सचेतता र आनन्दका साथ डिजाइन गरिएको यो नाटक समय, रूपान्तरण र प्राकृतिक संसारको लयसँगको हाम्रो गहिरो सम्बन्धको कोमल यात्रा हो’।

काठमाडौं । नवोदित कलाकार सुदीप खतिवडाले लेखेको र निर्देशन गरेको नाटक ‘ऋतु राग’ अहिले मण्डला थिएटरमा मञ्चन भैरहेको छ ।

बालबालिका र पारिवारिक दर्शकलाई लक्षित गरि तयार पारिएको यो संगीतमय नाटकले नेपालका ६ ऋतुका दृश्य, ध्वनि र भावनाहरूलाई दर्शाउँछ ।

निर्माताका अनुसार, नाटकले दर्शकलाई भावपूर्ण गीतहरू, रोचक कथावाचन र एक जिज्ञासु युवती र उनको बुद्धिमान हजुरबुबा बीचको न्यानो बन्धनको संसारमा लैजान्छ जहाँ प्रकृतिले सास फेर्छ, सम्झनाहरू फुल्छन् र प्रत्येक ऋतुले आफ्नै स्वादका धुन सुनाउँछन् ।

‘सचेतता र आनन्दका साथ डिजाइन गरिएको यो नाटक समय, रूपान्तरण र प्राकृतिक संसारको लयसँगको हाम्रो गहिरो सम्बन्धको कोमल यात्रा हो’ निर्देशक खतिवडाले भने ।

‘ऋतु राग’ जुन १ सम्म हरेक दिन (सोमबार बाहेक) साँझ ६ः३० बजे मण्डला थिएटरमा मञ्चन हुनेछ । शनिबार दिउँसो २ः३० बजे थप शो हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?