
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ का लिलाराज गिरीले आफ्नै छोरी र भतिजोलाई हत्या गरी आफूले पनि घाँटी रेटेका थिए।
- गिरीलाई चितवन मेडिकल कलेजमा घाँटीको अप्रेशनपछि थप उपचारका लागि भरतपुर अस्पताल सारिएको हो।
- अस्पतालले गिरीको अवस्था सुधारमूलक रहेको र उपचारमा २ लाखभन्दा बढी खर्च भएको जानकारी दिएको छ।
५, जेठ, चितवन । गत जेठ २ गते विद्यालय जान लागेको छोरी र भतिजोलाई खुर्पा प्रहार गरी हत्या गरेर आफ्नोसमेत घाँटी रेटेर घाइते भएका चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ का लिलाराज गिरीलाई भरतपुर अस्पतालमा रेफर गरिएको छ ।
छोराछोरीको हत्या गरेर खुर्पाले आफ्नै घाँटी रेटेर गम्भीर घाइते भएका गिरीलाई चितवन मेडिकल कलेजमा घाँटीको अप्रेसन गरेपछि थप उपचार लागि भरतपुर अस्पताल सारिएको हो । उनलाई भरतपुर अस्पतालको आकस्मिक कक्षमा राखेपछि आइसियूमा सार्ने तयारी गरिएको अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्ण पौडेलले जानकारी दिए ।
‘नीजि अस्पतालले झन्झट नलिने भएकोले सरकारी अस्पताल पठाइएको हो, हामीले त आएको बिरामीको उपचार गर्नुपर्छ’ मेसु डा। पौडेलले भने, ‘आइसियूमा राख्नुपर्ने अवस्था छ भन्ने रिर्पोट आएको छ ।’
चितवन मेडिकल कलेजका सूचना अधिकारी पारस अधिकारीले उनको अवस्था सुधारन्मुख देखिएपछि भरतपुर अस्पताल पठाइएको बताए । उनले गिरीको उपचारमा २ लाखभन्दा बढी रकम खर्च भएको बताए । सूचना अधिकारी पारस उनको उपचार गर्दा लागेको रकम कसले दिने कसरी पाउने भन्ने निश्चित नभएको बताउँछन् ।
छोरी छोरीको घरमा नै हत्या गरेपछि उनको उपचारमा केही पनि परिवारका सदस्य बसेका छैनन् । प्रहरी र अस्पतालले नै उनको उपचारमा सहजीकरण गरिरहेका छन् । प्रहरीले नै उनको निगरानी गरिरहेको छ ।
गत शुक्रबार गिरीले छोरी ७ बर्षकी प्रभा गिरी र दाजु दया गिरीका एक मात्रै छोरा ५ बर्षका सजन गिरीको घरमै खुर्पा प्रहार गरेर हत्या गरेका थिए ।
नेपाली सेनाका निवृत्त जमदार गिरीले डिप्रेसनको औषधि खाइरहेका थिए ।
प्रतिक्रिया 4