+
+
Shares
नेटफ्ल्क्सि :

यी हुन् यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘नोन्नास’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सको फिल्म ‘नोन्नास’ यो साता सर्वाधिक हेरिएको शीर्ष १० मा रहेको छ।
  • ‘नोन्नास’ सन् २०२५ को मौलिक फिल्म हो र सत्य कथाबाट प्रेरित छ।
  • फिल्मले आफ्नी आमाको मृत्युपछि सम्मान गर्न र समुदायलाई सान्त्वना दिन रेस्टुरेन्ट खोल्ने युवकको कथा प्रस्तुत गर्दछ।

काठमाडौं । आमालाई गुमाएपछि उनको सम्मानमा इटालीको एक युवकले हजुरआमाहरूलाई सेफ बनाएर रेस्टुरेन्ट संचालनमा ल्याउने जोखिम सुरु गर्छ । यो कथावस्तुको फिल्म ‘नोन्नास’ नेटफ्ल्क्सिमा यो साता सर्वाधिक हेरिने कथानक फिल्म बनेको छ ।

नेटफ्ल्क्सिले सार्वजनिक गरेको धेरै हेरिने शीर्ष १० को सूचीमा रहेको यो फिल्मलाई २ करोड ९० लाख घण्टा (१ करोड ५३ लाख पटक) हेरिएको छ ।

‘नोन्नास’ सन् २०२५ को नेटफ्लिक्स मौलिक फिल्म हो जुन हृदयस्पर्शी छ । यो फिल्म जो स्कारावेला र उनको स्टेटन नामक टापुमा रहेको रेस्टुरेन्ट एनोटेका मारियाको सत्य कथाबाट प्रेरित छ ।

स्टीफन चबोस्की (द पक्र्स अफ बिइङ अ वालफ्लावर)द्वारा निर्देशित र लिज म्याकी द्वारा लिखित यस फिल्ममा भिन्स भनले जोको भूमिका निर्वाह गरेका छन् । उनले यस्तो चरित्र निर्वाह गरेका छन् जसले आफ्नी आमाको मृत्युपछि, उनको सम्झनालाई सम्मान गर्न र आफ्नो समुदायलाई सान्त्वना दिनको लागि पूर्ण रूपमा हजुरआमाहरू कर्मचारीहरू ‘नोन्नास’ राखेर रेस्टुरेन्ट खोल्छ ।

यससाता धेरै हेरिएका नेटफ्ल्क्सि फिल्मको उत्कृष्ट १० को सूची यस्तो छ :

१) नोन्नास

२) इनसाइड म्यान : मस्ट वान्टेड

३) अ डेड्ली अमेरिकन म्यारिज

४) ह्याभोख

५) ट्वाइलाइट

६) ह्वेर द क्राउडड्याड्स सिङ्

७) इट् टेक्स टु

८) होम

९) ब्रिटेन एन्ड द ब्लिज

१०) बिटलजुस बिटलजुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?