+
+
Shares

म्याथमेटिक्स कास्य पदक विजेता मिश्रलाई मधेश सरकारको सम्मान

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका कास्य पदक प्राप्त गर्ने पहिलो नेपाली मधेश प्रदेशकै मिश्र भएकोमा सम्मान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आशिष मिश्रलाई सम्मान गरे, जसले तुर्कमेनिस्तानको म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक जिते।
  • नेपालका ६ विद्यार्थीले सहभागी भएको प्रतियोगितामा आशिष मिश्रले पदक प्राप्त गरे, जसलाई सरकारले प्रशंसापत्र प्रदान गर्यो।
  • अगामी ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाड अस्ट्रेलियामा आयोजना हुने र नेपालबाट ६ जना विद्यार्थी सहभागी हुनेछन्।

५ जेठ, जनकपुरधाम। तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका कास्य पदक विजेता जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई सम्मान मधेश सरकारले सम्मान गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका कास्य पदक प्राप्त गर्ने पहिलो नेपाली मधेश प्रदेशकै मिश्र भएकोमा सम्मान गरेका हुन् ।

सरकारले विशेष प्रशंसापत्र प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंले प्रशंसापत्र प्रदान गर्दै मधेशको भूमिमा हिराहरु रहेको र पहिचानको आवश्यकता रहेको बताए ।

गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट ६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा मिश्रसहित दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्र, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठले भाग लिएका थिए ।

करिब ३ सयभन्दा बढी विद्यार्थीहरूबीच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा नेपालका तर्फबाट मिश्र पदक विजेता बनेका थिए ।

अगामी ९ जुलाई देखि २१, सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा ६ जना सहभागी हुने म्याथमटिक्स एसोशिएशन अफ नेपालले जनाएको छ ।

‘मधेशको भूमिमा हिरा छ । तर पहिचानको आवश्यकता छ’ मुख्यमन्त्री सिंहले भने ‘ आशिषजस्ता विद्यार्थीहरू प्रदेशकै मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणा हुन् । हामी यस्ता होनहार प्रतिभाहरूको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?