+
+
Shares

विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको आदेश सदर गर्यो।
  • अदालतले दरपीठ आदेशलाई सदर गरी पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज बनाएको छ।
  • नियुक्तिपछि पौडेलको योग्यता र अरु प्रश्न उठाउने सम्भावना रहेको भन्दै रिट निवेदन दर्ता हुने सम्भावना टरिएको छैन।

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।

तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?