+
+
Shares

सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु, २ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १९:००
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको जिरायत बजारमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार घाइते दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
  • दुर्घटनाको कारण र घटनाको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

६ जेठ, जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मंगलबार ४ बजे बागमती नगरपालिका-४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका -२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।

दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुरअस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

यस्तै प्र.३-०२-००६प ७८६८ मा पछाडि सवार भारत बिहार राज्य बकुलिया बस्ने ३४ की मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका -४ का ३२ की चञ्चल देवी साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?