+
+
Shares

सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १९:१३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा कमला नगरपालिका -२ का ७ र ५ वर्षीय बालक रहेका छन् ।
  • घरबाट खेल्न निस्किएका दुवै जना बालक अबेरसम्म घर नआएपछि खोजतलास गरिएको थियो, सो क्रममा सडकको खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा दुवै जना फेला परेका हुन् ।

६ जेठ, जनकपुरधाम । धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।

नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?