+
+
Shares

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।
  • सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ, र यसअघि ४ वैशाखमा भएको बढुवामा उनी छुटेका थिए।
  • सत्तारुढ नेपाली कांग्रेसको दबाब र अडानका कारण केही समय बढुवा रोकिएको थियो।

६ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा उनीसहित राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको थियो ।

शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका राजन अधिकारी र डा. मनोज केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो । अन्तिममा उनी बढुवाबाट छुटेका थिए ।

राअविबाट स्थान्तरण भएर आएका अधिकृतहरु अहिले डीआईजी बढुवाका लागि समेत प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?