
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदैछ ।
- उपसमितिले प्रारम्भिक बाल विकास र निजी विद्यालयको विषयमा सहमति जुटाउन सकेन, यस विषयमा पनि मूल समितिमा छलफल हुनेछ ।
- नेपाल शिक्षक महासंघले प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गर्दै सहमति अनुसार प्रतिवेदन नआएको बताएको छ ।
- शिक्षकहरूका असन्तुष्टि सम्बोधनका विषयमा पनि समितिमा छलफल हुनेछ ।
७ जेठ, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुँने भएको छ ।
आज दिउँसो २ बजे समितिको बैठक कक्षमा बस्ने बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न लागिएको हो ।
उससमितले विधेयको दफावार छलफल गरी केही दिनअघि समितिलाई प्रतिवेदन बुझाएको थियो ।
धेरै विषयमा सहमति जुटाए पनि उपसमितिमा प्रारम्भिक बाल विकास र निजी विद्यालयको विषयमा सहमति हुन सकेको छैन ।
सहमति हुन नसकेका विषयमा पनि समितिमा छलफल हुने छ । यी विषयको टुंगो लगाउने जिम्मा समितिलाई नै दिने सहमति उपसमितिले गरेको थियो ।
यता, नेपाल शिक्षक महासंघले भने उपसमितिको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेको छ । सहमति अनुसार प्रतिवेदन नआएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
लामो समय आन्दोलन गरेका शिक्षकसँग सरकारले आगामी असार १५ भित्र ऐन जारी गर्ने सहमति गरेको छ । सोही अनुसार उपसमितिले प्रतिवेदन समितिमा पेस गरेको छ र आजदेखि छलफल सुरु हुँदैछ ।
प्रतिक्रिया 4