
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा बसको ठक्करबाट चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको छ ।
- घटनामा परेर उनको आमा गम्भीर घाइते भएकी छिन् र अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
७ जेठ, गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।
विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4