+
+
Shares

पाँचपोखरीमा मृत भेटियो मकुना

बुधबार दिउँसो भाले मकुना हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला पर्‍यो।
  • मृत हात्ती करिब ५० वर्षको भाले मकुना हो र दुई महिनाअघि घाइते भेटिएको थियो।
  • पोस्टमार्टमपछि हात्तीलाई खाल्डो खनेर गाडिएको छ।

७ जेठ, विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको छ ।

बुधबार दिउँसो भाले मकुना हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मृत मकुना (दाह्रा नभएको भाले हात्ती) अन्दाजी ५० वर्षको भएको अनुमान छ ।

यो मकुना करिब २ महिनाअघि घाइते अवस्थामा भेटिएको थियो । पछाडिको खुट्टा र पुच्छरमा संक्रमण देखिएपछि वन कार्यालयको टोलीले उपचारको प्रयास पनि गरेको थियो ।

राम्रोसँग हिँडडुल गर्न नसक्ने भएका कारण हात्ती धेरै टाढा गएको थिएन् । बुधबार मृत भेटिएको डिभिजन वन कार्यालय झापा कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । पोस्टमार्टमपछि हात्तीलाई खाल्डो खनेर गाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?