
८ जेठ, काठमाडौ । सहकारीको ऋण नतिरी फरार भएका आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले बताएको छ ।
उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो ।
तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनी नेकपा एमालेको पर्यटन विभाग सदस्य हुन् । उनी एमालेबाट नेपाल पर्यटन बोर्ड सदस्य समेत भएका थिए ।
हाल उनी पार्टीको पेसागत विशेष प्रदेश कमिटी सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4