
News Summary
Generated by OK AI. Editorially reviewed.- डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि बिहीबार कालो मसो छ्यापिएको घटना भएको छ।
- प्रहरीले संलग्नहरूको खोजी भइरहेको र घटना सामाजिक सञ्जालमा भाइरल भएको जानकारी दिएको छ।
- नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत घटना सार्वजनिक भएको हो।
८ जेठ, धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि मोसो छ्यापिएको छ ।
डिभिजन वन अधिकृत ठाकुरमाथि बिहीबार कालो मसो छ्यापिएको हो । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले वन अधिकृत ठाकुरमाथि कालोमसो दलेर दुव्र्यवहार भएको बताउँदै संलग्नहरूको खोजी भइरहेको बताए ।
प्रहरीका अनुसार ठाकुरमाथि उनको कार्यकक्षमा कालोमसो छ्यापिएको हो ।
धर्मेन्द्र बस्तोला नेतृत्वको नेकपा बहुमतनिकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत सार्वजनिक भएको देखिन्छ ।
प्रहरीले नेकपा बहुमत निकटकै कार्यकर्ता भएको आशंका गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4