
News Summary
Generated by OK AI. Editorially reviewed.- तिनाउ नदीमा पौडी खेल्ने क्रममा भारत नौतनवाका १८ वर्षीय सोयब अन्सारीको मृत्यु भएको छ।
- अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको छ।
- सो स्थानमा पौडी खेल्ने क्रममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ।
८ जेठ, बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक भारतीय किशोरको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर भारत नौतनवा निवासी १८ वर्षीय सोयब अन्सारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीहरूसहित बुटवल घुम्न आएका थिए । घुम्ने क्रममा तिनाउ नदीको ड्यामसाइड पुगेपछि उनीहरू पौडी खेल्न नदीमा पसेका थिए । त्यही क्रममा अन्सारी डुबेका हुन् ।
डुबेका अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी मल्लले जानकारी दिए । उक्त स्थानमा पौडी खेल्ने क्रममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरे पनि स्थानीय सरकारले क्षति रोक्न कुनै पहल नगरेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4