+
+
Shares

दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव

अनुसन्धानका लागि बालिकाका बुवा र काकी प्रहरीले नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सखुवासभाको भोटखोला गाउँपालिका–४ का ६ वर्षीया बालिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको छ र घटना सम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ।
  • अनुसन्धानका लागि बालिकाका बुवा र काकीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

९ जेठ, खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको हो ।

गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।

उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा विहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि युनिकाका बुवा गोपाल र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराएर म्याद लिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?