+
+
Shares

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

रासस रासस
२०८२ जेठ ९ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ मा २५ लाखको लागतमा प्रसूति भवन निर्माण भयो।
  • वडाध्यक्ष सूर्यप्रसाद नेपालले सङ्घीयता कार्यान्वयनसँगै नयाँ वडामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए।
  • वडासदस्य प्रेमकुमारी श्रेष्ठले भवनले सेवा प्रवाह सहज हुने बताए।

९ जेठ, भोजपुर । टेम्केमैयुङ गाउँपालिका–६ मा २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?