+
+
Shares

साक्षर घोषणा भयो हुम्ला 

हुम्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको छ । यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ ९ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लालाई ९७.४ प्रतिशत साक्षरता दर पूरा भएपछि साक्षर जिल्ला घोषणा गरियो।
  • हुम्लामा १५–६० वर्ष उमेर समूहका ३५,०५४ जनामध्ये ३३,०९५ जना साक्षर छन्।
  • कर्णाली प्रदेशका कालिकोट र डोल्पालाई मात्र साक्षर घोषणा गर्न बाँकी छ।

९ जेठ, हुम्ला । हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि’ नाराका साथ आज हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले जानकारी दिए ।

यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।

१५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर भएको आलेमगरको भनाइ छ । हुम्लामा १४ सय नागरिक निरक्षर रहेका छन् ।

ताजाकोट गाउँपालिकामा ६६ जना, अदानचुलीमा १९२ जना, चंखेलीमा १९२ जना, सर्केगाडमा ३१४ जना, खार्पुनाथमा १९४ जना, सदरमुकाम सिमकोट ३७१ जना र नाम्खा गाउँपालिकामा १११ जना गरि १ हजार ४४० जना अझै निरक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाको तथ्यांक छ ।

कर्णाली प्रदेशका कालिकोट र डोल्पा जिल्लालाई मात्र साक्षर घोषणा गर्न बाँकी छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?