
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेको छ।
- आज कानुन व्यवसायीहरूले बहस गरे र आदेश अझै नआएको बताइएको छ।
- उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो।
९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।
गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।
आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।
लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए ।
अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।
त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4