+
+
Shares

जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको कटाक्ष– १५ गते घरमा सिंहासन बनाएर राजा राख्ने होलान्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आसन्न आन्दोलनलाई संकेत गर्दै जनताले मुन्ट्याएर फालेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन नसक्ने बताए।
  • उनले नेपाली लोकतन्त्र र संविधानको स्थिरता र वर्तमान व्यवस्था उल्लेख गर्नुभयो।
  • उनले राजतन्त्र फालिएको र नयाँ संविधान लागू भएको बताए।

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी गरे ।

‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ । र, हामी छौं,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । हामी छँदैछौं यस देशमा । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।’

१५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गरे । ‘यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरैमा बनाएर राख्ने होला । देशको राज सिंहासन भनेको गयो, गइसक्यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?