+
+
Shares

‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, ८ करोड १० लाख ग्रस कलेक्सन दावी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक नवीन चौहानको निर्देशन र कलाकारहरूको दमदार अभिनयले चलचित्रलाई सकारात्मक समीक्षा प्राप्त भएको छ।

काठमाडौं – चलचित्र ‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश गरेको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा चलिरहेको उक्त चलचित्रको निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले जानकारी दिएका छ ।

आर्टमाण्डूका अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माताको दावी छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरेको थियो ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेललगायको अभिनय रहेको छ । दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रको सकारात्मक चर्चा बटुलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?