+
+
Shares

ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ : प्रधानमन्त्री

प्रतिगमनका प्रयास धुलोपिठो बनाइन्छ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनका कुनै पनि प्रयासलाई धुलोपिठो बनाउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनका प्रयासलाई धुलोपिठो बनाउने बताएका छन्।
  • उनले जनताको हक अधिकार र स्वाधीनता रक्षा गर्न सरकार र एमालेको अग्रभागमा रहेको बताए।
  • राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएको र वर्तमान राजनीतिक स्थिरता कायम राख्न आवश्यक रहेको उनको भनाइ छ।

९ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनका कुनै पनि प्रयासलाई धुलोपिठो बनाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्न सरकार र एमाले अग्रभागमा रहेको बताए ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा शुक्रबारबाट सुरु १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’

उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएको समेत बताए नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्लेख गर्दै उनले भने, ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौं, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’

अहिले एमालेमाथि आन्तरिक तथा बाह्य पक्ष तथा विरोधीहरूबाट केन्द्रीकृत आक्रमण भइरहेको उनको भनाइ छ । ‘एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीले केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैं, त्यस ठाउँमा आउन दिने थिएनन्,’ उनले भने, ‘एमाले सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो ।’

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीति थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएको पनि दावी गरे । स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?