
News Summary
Generated by OK AI. Editorially reviewed.- द क्लिफको अध्यक्ष राजु कार्कीले सोशल मिडियामा आएको फेक भिडियो एआइबाट इडिट भएको बताएका छन्।
- उहाँले भने, ‘सुरक्षाको हिसावमा निकै मजबुत रहेको छ, फेक भिडियोको पछि नलागिदिनुहोला।’
- द क्लिफले विश्वव्यापी साहसिक पर्यटन स्थलको रुपमा विकास हुँदै आएको छ।
११ जेठ, काठमाडौं। कुस्मामा रहेको द क्लिफ भत्किएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि त्यसको खण्डन गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)बाट इडिट गरेर भिडियो विभिन्न सामाजिक संजालमा पोष्ट भएसँगै त्यसको द क्लिफले खण्डन गरेको छ।
द क्लिफका अध्यक्ष राजु कार्कीले सामाजिक संजालमा आएको भिडियोहरु फेक भएको प्रतिक्रिया दिएका छन्। ‘क्लिफको बदनाम गर्ने उद्धेश्यका साथ केहि व्यक्तिहरुले एआइबाट इडिट गरेर बन्जि भत्किएको फेक भिडियो बनाएको देखिन्छ,’ अध्यक्ष कार्कीले भने, ‘सुरक्षाको हिसावमा निकै मजबुत रहेको छ, फेक भिडियोको पछि नलागिदिनुहोला।’
पछिल्लो समय आन्तरिक एवंम बाह्य पर्यटकहरुको रोजाईमा क्लिफ परिरहेको बेला विभिन्न व्यक्तिहरुले आफ्नो व्यवसायलाई बदनाम गर्ने मनसायले एआइको प्रयोग गरी फेक भिडियो बनाएर सामाजिक संजालमार्फत बदनाम गर्न खोजीएको प्रति अध्यक्ष कार्कीले दुख व्यक्त गरेका छन्। अध्यक्ष कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षाका लागि सधै प्रतिबद्ध छौं’।
पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन्। कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन्।
प्रतिक्रिया 4