+
+
Shares

रास्वपा केन्द्रीय समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
  • बैठकमा पार्टीको भावी रणनीति लगायत बारेमा छलफल हुने छ ।

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु बैठकमा पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै थुनामुक्त नगरेपछि पार्टीको भावी रणनीति तय गर्न बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका शंकास्पद देखिएपछि यसबारेमा पनि बैठकले पार्टीको धारणा बनाउने उनले बताए ।

यसैगरी पार्टीको आगामी कार्यदिशा, महाधिवेशन लक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस (७ असार) को कार्यक्रम लगायत बारेमा छलफल पनि बैठकमा छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?