+
+
Shares

जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने, काठमाडौंमा सांस्कृतिक झाँकी

पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।
  • महासचिव शंकर पोखरेलले जनताको विरुद्ध कुनै गतिविधि स्वीकार्य नहुने बताए।
  • पार्टीले सांस्कृतिक झाँकीसहित उत्सव आयोजना गर्न नेपाल जनसांस्कृतिक महासंघलाई जिम्मेवारी दिएको छ।

११ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए ।

‘जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि नेकपा एमालेका लागि स्वीकार्य हुँदैन । गणतन्त्र जनताको अधिकारको रुपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ महासचिव पोखरेलले भने, ‘जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी रुपमा मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रुपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।’

पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने उनले बताए ।

‘काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा आयोजना गर्न नेपाल जनसांस्कृतिक महासंघलाई त्यस कार्यक्रमको संयोजन गर्नेगरी अघि बढ्ने । पार्टी कार्यालयबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ,’ महासचिव पोखरेलले भने ।

यसअघि आजै पार्टीको एक प्रशिक्षणमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं एमालेले जेठ १५ गते नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

सोही दिन काठमाडौंमा राजावादी समूहले पनि प्रदर्शन गर्दैैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?