+
+
Shares

भन्सार प्रमुखमाथि कुटपिट गर्नेलाई कारबाही गर्न कर्मचारी संगठनहरूको माग

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही नगरेमा अर्थ मन्त्रालय, भन्सार तथा आन्तरिक राजस्व विभाग एवं देशैभरिका भन्सार र आन्तरिक राजस्व कार्यालयहरूको सेवा बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:५४
कैलाली भन्सार कार्यालय प्रमुख अनन्त तिमिल्सिना ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको धनगढी उपमहानगरपालिकामा अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् ।
  • उनीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारबाही गर्न आग्रह गरेका छन् ।
  • तिम्सिनामाथि कुटपिटको घटना सीसीटीभी फुटेज मार्फत सार्वजनिक भएपछि कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

११ जेठ, काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् ।

अर्थ मन्त्रालयमा क्रियाशील कर्मचारी संगठनहरू नेपाल निजामती कर्मचारी संगठन र निजामती कर्मचारी युनियनले आइतबार संयुक्त रूपमा विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही नगरेमा अर्थ मन्त्रालय, भन्सार तथा आन्तरिक राजस्व विभाग एवं देशैभरिका भन्सार र आन्तरिक राजस्व कार्यालयहरूको सेवा बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति तिम्सिनामाथि कुटपिट भएको सीसीटीभी फुटेज बाहिरिएको थियो ।

सीसीटीभी क्यामेराको निगरानीलाई छल्दै नगर प्रहरीले तिम्सिनामाथि कुटपिट गरेको भन्दै अर्थ मन्त्रालयमा क्रियाशील कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भन्सार कार्यालय जस्तो अत्यन्त सम्वेदनशील एवं राज्यको महत्त्वपूर्ण निकायमा अनाधिकृत व्यक्तिहरू प्रवेश गरी सरकारी कामको सिलसिलामा खटेका राष्ट्र सेवक कर्मचारीमाथि कुटपिट गरी घाइते बनाउने कार्य अमानवीय भएको उनीहरूको भनाइ छ ।

तिम्सिनामाथि कुटपिट गर्ने समूहको पहिचान गरी कानुन अनुसार कारबाही गर्न माग राखेर भन्सार कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?