+
+
Shares

शिवम् सिमेन्टले सार्वजनिक गर्‍यो ‘नो कम्प्रमाइज’ को नयाँ संस्करण

‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धता अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १४:०४

काठमाडौं । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानसाथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धता अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराले नै शिवम् ब्रान्डको मूल पहिचान निर्माण गरेको छ । आफ्नो गुणस्तरका कारण नै शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक ‘एनएस क्वालिटी अवार्ड–२०१९’ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

केही अघि सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलर झैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यसपछि अहिले सार्वजनिक पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रमाइज नगरेको स्थिति चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रमाइज नगर्ने नीति प्रतिविम्बित गरिएको छ ।

शिवम् सिमेन्टका अनुसार यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरू धेरै भिडियो सामग्री समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यसअघि सञ्चालन गरिएको क्वालिटीको मामलामा नो कम्प्रमाइज क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो । शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई सामाजिक सन्देश प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ । आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य तथा सिद्धान्तको मामलामा सम्झौता गर्नु हुँदैन भन्ने जनचेतनामूलक सन्देश सहित सार्वजनिक गरिएका यस विज्ञापन दर्शकमाझ प्रभावशाली बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?