
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत् अभियान’ को अवधारणपत्र अनुमोदन गरेको छ ।
उक्त अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीहरूमाझ स्थापित गर्नेगरी अघि बढ्न पार्टी संकल्पित रहेको बताए ।
‘दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान“ को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीहरु माझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4