+
+
Shares

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान सुरु

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिम नेपालका २४ जिल्ला ओगट्ने छ । यस अभियान अन्तर्गत ३ सयभन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको नवरत्न हेड मसाज प्रदान गरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इमामी लिमिटेडले ‘नवरत्न बिट मसाज २०२५’ अभियान सुरु गरेको छ।
  • अभियानले ७० दिनसम्म सञ्चालन गरी ६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने लक्ष्य लिएको छ।

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेलनेस कम्पनी इमामी लिमिटेडले ‘नवरत्न बिट मसाज २०२५’ सुरु गरेको छ ।

११ जेठदेखि सुरु यो अभियान आगामी १७ साउनसम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिम नेपालका २४ जिल्ला ओगट्ने छ । यस अभियान अन्तर्गत ३ सयभन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको नवरत्न हेड मसाज प्रदान गरिने छ ।

यसबाट हजारौं उपभोक्ताले दैनिक रूपमा ९ आयुर्वेदिक जडीबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अभियानमा खटिएका दुई टोलीले दैनिक १ सय किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् ।

उनीहरूले अन्तर्क्रियात्मक स्टल, सवारीसाधनको ब्रान्डिङ, सार्वजनिक घोषणा र २ मिनेट च्यालेन्ज, कुल–कुल पर्फर्मेन्स जस्ता विभिन्न खेलमार्फत उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

यस अभियानले प्रत्यक्ष संलग्नता मार्फत ६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२ हजारभन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजारभन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।

नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नवरत्न बिट मसाज २०२५ मार्फत उपभोक्तालाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्तासँग नजिक ल्याउने छ, जसले उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेलनेस सहयात्रीका रूपमा अझ स्थापित गर्ने छ भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?