
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण मानवतस्करी र भ्रष्टाचारको विषय भएकाले गम्भीर छानबिन आवश्यक रहेको बताए।
- मानवतस्करी उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको उनको आरोप छ।
- सांसद पराजुलीले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।
१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।
अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यका निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको बिषयमात्रै हुन नसक्ने उनले बताए ।
सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउन रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।
गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य छानविन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4