+
+
Shares

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

पक्राउ पर्नेहरूमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले १३ जेठमा काठमाडौंको नागढुङ्गाबाट १२ किलो १७६ ग्राम अवैध चाँदीसहित बसका सहचालकलाई पक्राउ गरे।
  • पक्राउ पर्नेमा अनिश कुमार सिंह, जो बाराको कलैया निवासी हुन्, समावेश छन्।
  • प्रहरीले जाँचका क्रममा बिल-बिजकविना चाँदीका गरगहना बरामद गरेको बताए।

१३ जेठ, काठमाडौं । १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको एसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?