+
+
Shares

शहरी विकास मन्त्रालय साउनदेखि ‘पेपरलेस’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहरी विकास मन्त्रालयले साउन १ गतेदेखि ‘पेपरलेस’ प्रणाली लागू गर्ने घोषणा गरेको छ ।
  • मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) पूर्ण रुपमा कार्यान्वयन गर्ने तयारी गरेको हो ।
  • सचिव गोपाल सिग्देलले प्रणालीले सरकारी कामकाजलाई डिजिटल र पारदर्शी बनाउने बताए ।

१३ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालयले नयाँ आर्थिक वर्षबाट साउन १ गतेबाट सरकारी कामकारवाही ‘पेपरलेस’ हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले १ साउनबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिए । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही ‘पेपरलेस’ हुनेछ भने अनावश्यक कागजी झन्झट हट्ने सिग्देलले जानकारी दिए ।

मंगलबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयको सेवा प्रवाह सहज र चुस्त बनाउन फाइल ट्यापिङ सिस्टम र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेको भन्दै १ साउनबाट पूर्ण कार्यान्यवयनमा ल्याउने बताए । ‘सरकारी कामकारवाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

यो प्रणाली लागू भएपछि ब्याक डेटमा काम गर्ने र फाइलहरु अड्काउने प्रवृत्ति अन्त्य हुनेछ । कुन फाइल मन्त्रालयको कुन निकायमा कति दिनदेखि छ भन्ने जानकारी लिने फाइल ट्रयापिङ सिस्टम पनि कार्यान्वयनमा ल्याइने भएको छ ।

जीआईओएमएस प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउन लागेको हो ।

यो प्रणाली प्रयोग गरि सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?