+
+
Shares

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भयो।
  • भोट परिणाम अनुसार थेबेले ७९७ मत ल्याए भने सुमन पुरीले ६०८ मत प्राप्त गरे।
  • विजयी घोषित भएपश्चात् थेबेको प्यानलले बहुमत प्राप्त गरेको छ।

१३ जेठ, पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् ।

थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।

यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् ।

१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।

क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो ।

पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् ।

यता, खुल्ला सचिवमा भने पुरी प्यानलका अरूणबहादुर कुँवरले जितेका छन् ।

कुन प्रदेशमा कति ?

१.सुदूरपश्चिम प्रदेश
सुमन पुरी ६४
क्षितिज थेवे ५२
२. कर्णाली प्रदेश
सुमन पुरी ५४
क्षितिज थेवे ५१
३. गण्डकी प्रदेश
सुमन पुरी ३९
क्षितिज थेवे ८४
४. विशेष प्रदेश
सुमन पुरी ३५
क्षितिज थेवे ३४
५. लुम्बिनी प्रदेश
सुमन पुरी ७९
क्षितिज थेवे ५२
६. आयोजक
सुमन पुरी १७६
क्षितिज थेवे २३४
७. कोशी प्रदेश
सुमन पुरी ३१
क्षितिज थेवे १५४
८. मधेश प्रदेश
सुमन पुरी ६२
क्षितिज थेवे ३९
९. बागमती प्रदेश
सुमन पुरी ६८
क्षितिज थेवे ९६

जम्मा मत
सुमन पुरी ६०८
क्षितिज थेवे ७९६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?