+
+
Shares

दोहोरो कर उन्मुक्ति सम्झौताबारे अध्ययन गर्न कार्यदल गठन

बैठकले विभिन्न मुलुकसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताका सम्बन्धमा अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १९:५८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्डले दोहोरो कर उन्मुक्ति सम्झौता अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
  • बैठकले विभिन्न मुलुकसँग गरिएका सम्झौताका बारेमा प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदललाई दिएको छ।

१३ जेठ, काठमाडौं । दोहोरो कर उन्मुक्ति सम्झौताबारे अध्ययन गर्न लगानी बोर्डले कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बोर्डको मंगलबार बसेको ६३औं बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बैठकले विभिन्न मुलुकसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताका सम्बन्धमा अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै थप मुलुकसँग यस्तो सम्झौता गर्नेबारे बोर्डलाई प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ । नेपालले एक दर्जन मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ ।

नर्वे, भारत, चीन, पाकिस्तान, श्रीलंका, कतार, दक्षिण कोरिया, मौरिसस, थाइल्यान्ड, अस्ट्रिया र बंगलादेशसँग नेपालको यस्तो सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?