+
+
Shares

स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेसएक्सको स्टारशिप रकेटको नौौं परीक्षण उडान असफल भयो।
  • कम्पनीले परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ।
  • रकेटले केही समस्या देखिएर पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर टुक्रा–टुक्रा भयो।

१४ जेठ, काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ।

यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो।

बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।

तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको हो ।

स्पेसएक्सको भनाइअनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?