+
+
Shares

हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १५:५६

१४ जेठ, काठमाडौं । नेकपा एमालेले भोलि (१५ जेठ) मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

‘हाम्रो कार्यक्रम कसैको विरोध होइन । जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेका छौं,’ महासचिव पोखरेलले भने ।

उनले भोलिको कार्यक्रम एमालेको मात्रै नभएको बताउँदै सबै राजनीतिक दल र नेताहरूलाई सहभागी हुन आह्वान पनि गरे ।

‘नेकपा एमाले मात्रै नभइ सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू त्यो दिन समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवको रुपमा अघि बढाउन हातेमालो गर्न आह्वान गर्न चाहन्छु,’ महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?