+
+
Shares

एमालेले भन्यो- ओलीको अभिव्यक्ति अध्यक्षको रूपमा हो, प्रधानमन्त्री होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १६:२५

१४ जेठ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको पछिल्लो अभिव्यक्तिबारे नेकपा एमालेले प्रष्ट पारेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यसबारे सञ्चारकर्मीको जिज्ञासाका क्रममा स्पष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्ति प्रधानमन्त्रीको रुपमा नभइ नेकपा एमालेको अध्यक्षको रुपमा आएको महासचिव पोखरेलले बताए ।

‘प्रधानमन्त्रीको रुपमा राज्यका नीति बोल्नुहुन्छ । अध्यक्षको रुपमा पार्टीको नीति बोल्नुहुन्छ । पार्टीका आन्तरिक नीतिमा पार्टीको नीति बोल्नुहुन्छ,’ पोखरेलले भने, ‘त्यो छुट्याउन नसक्दा कहिलेकाहीँ अलमल हुन्छ । त्यो अन्तरलाई बुझ्नुपर्छ । त्यसमाथि हामी संयुक्त सरकारमा छौं । पार्टी र सरकारको नीतिमा फरक हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?