+
+
Shares

१५ जेठको कार्यक्रममा खटिने स्वयंसेवकलाई एमालेले दियो प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले १५ जेठमा काठमाडौंमा गणतन्त्र दिवसको उत्सव मनाउने कार्यक्रम तय गरेको छ।
  • एमालेले स्वयंसेवकहरूलाई सभा व्यवस्थापन लागि प्रशिक्षण दिएको छ।

१४ जेठ, काठमाडौं । भोलि १५ जेठ अर्थात गणतन्त्र दिवस । गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै नेकपा एमालेले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ ।

सोही सभालाई लक्षित गरी एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले सभालाई व्यवस्थित बनाउन सघाउने एमालेले भनेको छ ।

राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । उनीहरूले काठमाडौंको कुन क्षेत्रमा आन्दोलन गर्ने भनेर प्रहरी प्रशासनसँग अनुमति लिएका छैनन् ।

एमाले महासचिव शंकर पोखरेलले १५ जेठमा सरकारले नै विशेष कार्यक्रम गरेर गणतन्त्रको उत्सव मनाउनु पर्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा उनले भने, ‘१५ जेठ भनेको नेपाली जनता सार्वभौम भएको दिन हो । यो दिनको महत्त्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ,’ उनले भने ।

एमालेले भोलि गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभई जनताको उपलब्धिको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?