+
+
Shares

सीआईबीको डीएसपी भन्दै धम्क्याएर रकम असुल्ने युवा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीआईबीको डीएसपी भन्दै रकम असुलेको आरोपमा भक्तपुरका अनिल थापा पक्राउ परेका छन्।
  • उनीमाथि ८ लाख ४० हजार रुपैयाँ असुलेको आरोप छ र सात दिनको म्याद थपिएको छ।
  • उनीविरुद्ध यसअघि ठगी र विश्वासघातको मुद्दा चलेको थियो।

१४ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी) को डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।

उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउन भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?