+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दिउँसो २ बजेसम्म एमालेलाई, त्यसपछि राजावादीलाई प्रदर्शनको समय

जिल्ला प्रशासन कार्यायल काठमाडौंले दुवै पक्षसँगको छलफलपछि प्रदर्शनको समय निर्धारण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमाले र राप्रपाका नेताहरूसँग छलफल गरी प्रदर्शनको समय निर्धारण गरेको हो।
  • एमालेले १५ जेठमा गणतन्त्र दिवस उत्सव मनाउने र राप्रपाले राजतन्त्र पुनर्स्थापनाको माग राखेर प्रदर्शन गर्ने योजना बनाएका छन्।
  • दुवै पक्षले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्क क्षेत्रमा कार्यक्रम आयोजना गर्ने तय गरेका छन्।

१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।

१५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्न लागेका छन् ।

दुवैले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेका छन् ।

प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्पर्क गरी समय निर्धारणबारे छलफल गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भोलि दुई पक्षबीच हुने प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने विषयले सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘सीडीओ सा’बले राप्रपाका जिम्मेवार व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ, समय छुट्टाछुट्टै भएकाले शान्तिपूर्ण रूपमा कार्यक्रम सकिन्छ भन्ने ठानेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘कुनै अप्रिय गतिविधि नहोस् भन्नेमा हामी सचेत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?