 
																			१५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।
काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले तरबार र ढालसहित प्रदर्शन गरेका हुन् । यो र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् ।
उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।
र्यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भृकुटीमण्डपमा पुगेर भेला हुनेछ । त्यसपछि भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत हुनेछ ।
सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4