+
+
Shares

ग्लोबल आईएमई बैंकले थप्यो ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर

बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड हुने सुविधा थप गरेको छ ।
  • यसले अनलाइन किनमेल, सेवा सदस्यता र डिजिटल कारोबारलाई सहज बनाएको बैंकले जनाएको छ।

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आईएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थपेको छ ।

बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।

यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैंले तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।

रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ । मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ । यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ ।

भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक ३ सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङ मार्फत टपअप गर्दा भने कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

ई–कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय डलरसम्म कारोबार गर्न सकिने छ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।

ग्लोबल स्मार्ट प्लस एपले बैंकिङ सेवा छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । यो एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोड लगायत सेवा सहज उपलब्ध छन् । अब यसमा थपिएको रियल टाइम डलर कार्ड टपअप सुविधा विशेष आकर्षणका रूपमा रहने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?