
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १ अर्ब ८१ करोड ५२ लाख ७७ हजार रुपैयाँको १२ करोड ४६ लाख २५ हजार ९ सय ४४ थान डायपर आयात भएको छ।
- भन्सार विभागले जनाएको अनुसार भारत, चीन, टर्की र थाइल्यान्डबाट सबैभन्दा बढी डायपर आयात भएको छ।
१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्म पौने २ अर्ब रुपैयाँ बढीको डायपर आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा १ अर्ब ८१ करोड ५२ लाख ७७ हजार रुपैयाँ बराबरको १२ करोड ४६ लाख २५ हजार ९ सय ४४ थान डायपर बालबालिका एवं अशक्त वृद्धवृद्धाका लागि आयात भएको हो ।
उक्त परिमाणको डायपर आयात हुँदा ५४ करोड ७१ लाख ५१ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
यस्तै गत आव २०८०/८१ को १० महिनामा भने १ अर्ब ८९ करोड २४ लाख ८१ हजार रुपैयाँको ११ करोड ५३ लाख ५४ हजार ६ सय ६२ थान डायपर आयात भएको थियो । उक्त परिमाणको डायपर आयात हुँदा ५३ करोड २१ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
तथ्यांक अनुसार अस्ट्रेलिया, चीन, भारत, डेनमार्क, थाइल्यान्ड, टर्की लगायत देशबाट डायपर आयात भएको देखिन्छ । सबैभन्दा धेरै भारत, चीन, टर्की र थाइल्यान्डबाट आयात भएको छ ।
भन्सार विभागका अनुसार भारतबाट ९८ करोड २६ लाख ५६ हजार रुपैयाँको ६ करोड ५९ लाख ६२ हजार ३ सय ७ थान डायपर आयात भएको छ । उक्त परिमाणमा डायपर आयात हुँदा सरकारले २९ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
यस्तै चीनबाट ८२ करोड १२ लाख ७८ हजार रुपैयाँको ५ करोड ७९ लाख ५७ हजार ८ सय ८६ थान डायपर आयात भएको तथ्यांकले देखाउँछ । त्यति पमिाणमा डायपर आयात हुँदा २४ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
त्यसैगरी थाइल्यान्डबाट ३० लाख ९० हजार रुपैयाँको ३ लाख १७ हजार ५ सय ८४ थान र टर्कीबाट २१ लाख ९१ हजार रुपैयाँको १ लाख ३५ हजार ४ सय ३६ थान डायपर आयात भएको छ ।
प्रतिक्रिया 4